Subscribe Us

header ads

श्रम ऐन–२०७४ र श्रमिकप्रति रोजगारदाताको कर्तव्य :

श्रम ऐन–२०७४ ले श्रमिकप्रति रोजगारदाताको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सम्बन्धमा  देहायबमोजिमको कर्तव्य तथा दायित्व हुने व्यवस्था गरेको छ :

  • कार्यस्थलमा सुरक्षा र स्वास्थ्यसम्बन्धी उचित प्रबन्ध गरी काम गर्ने सुरक्षित वातावरण बनाउने,
  • कार्यस्थलमा रासायनिक, भौतिक, जैविक पदार्थ तथा उपकरणको प्रयोग, सञ्चालन, सञ्चय र परिवहन गर्दा सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउने,
  • श्रमिकलाई आवश्यकताअनुसार सुरक्षा र स्वास्थ्यसम्बन्धी आवश्यक सूचना, जानकारी र तालिम प्रदान गर्ने,
  • श्रमिकलाई उपकरण र कामसँग सम्बन्धित रासायनिक, भौतिक, जैविक पदार्थको प्रयोग र सञ्चालनका सम्बन्धमा आवश्यक तालिम र जानकारी उपयुक्त भाषामा दिने,
  • कार्यस्थलमा सुरक्षित रूपमा प्रवेश गर्ने तथा निस्कने समुचित व्यवस्था गर्ने,
  • श्रमिकलाई आवश्यकताअनुसार व्यक्तिगत सुरक्षा साधन उपलब्ध गराउने,
  • तोकिएबमोजिमको अन्य व्यवस्था गर्ने ।

Post a Comment

0 Comments