Subscribe Us

header ads

नेपालको भौगोलिक प्रदेश

हिमाली प्रदेश (३,३६०–८,८४८ मिटर):

मुख्य हिमालय : मुख्य हिमालय ५,००० मिटरदेखि ८,८४८ मिटरसम्मको उचाईमा पर्दछ । विश्वका प्रमुख ८ हजारभन्दा बढी उचाइका ८ वटा हिमालहरु यसै श्रेणीमा पर्दछन् । 

भित्री हिमालय : २४०० देखि ५,००० मिटरसम्मको उचाइमा रहेको हिमाली उपत्यकाहरु । जस्तै : खुम्बु, डोल्पा, मुगु, थाकखोला, केरुङ आदि यसै क्षेत्रमा पर्दछन् । 

सीमान्त हिमालय : मुख्य हिमालको उत्तर र तिव्बती सीमाको दक्षिणमा रहेको ३० कि.मि. देखि ४५ कि.मि. सम्मको चौडाईमा रहेका मझौला उचाईका गुरास, मुस्ताङ, चण्डी र नालांकर आदि हिमाली क्षेत्र यसै श्रेणीमा पर्दछ । 

पहाडी प्रदेश (६००–३,३६० मिटर):

चुरे पर्वत श्रेणी (६००–१८७२ मिटर): सबैभन्दा अग्लो भाग कैलालीको गार्वा (१८७२ मिटर) हो । यो क्षेत्र ३६ जिल्लामा फैलिएको छ भने यसले १२.७८ प्रतिशत भु–भाग समेटेको छ । 

महाभारत पर्वत (१५००–३३५० मिटर): प्रमुख पर्यटकीय स्थल फुलचोकी (२७६५ मिटर), शिवपुरी र दामन (२३२० मिटर) स्वर्गद्वारी (२१२५ मिटर), शैलुङ डाडा (३५०० मिटर) आदि यस क्षेत्रमा पर्दछन् । सबैभन्दा उच्च भाग दोलखाको सैलुङ पर्वत (३५०० मिटर) हो । यो पर्वत पश्चिमबाट पुर्वतर्फ अग्लिंदै गएको छ । यस क्षेत्रमा कोशी, गण्डकी, कर्णालीजस्ता ठूला–ठूला नदीहरु यही पर्वतको बाटो भई बग्दछन् । महाभारत पर्वत क्वार्टजाइट, ग्रेनाइट, स्लेट, बलौटे ढुंगाजस्ता कडा चट्टानहरुबाट बनेको छ । यस पर्वतलाई लघु हिमालय तथा मध्य हिमालय आदि नामले पनि चिनिन्छ । रमणीय वातावरण भएको हुनाले महाभारत पर्वत मानव बसोबासका लागि उपयुक्त भएको हुदा यसलाई नेपालको हावाखोरी पनि भनिन्छ । 

मध्यभूमि : महाभारत पर्वतको उत्तर हिमालय पर्वतको दक्षिणमा रहेका ठूला टार, उपत्यका यसमा पर्दछन् । काठमाडौं, पोखरा, त्रिशुली, तुम्लिङटार, सुकेटार, पा“चखाल आदि यसै श्रेणीमा पर्दछन् । 

तराई प्रदेश (५९–६०० मिटर):  

खास तराई (५९–२०० मिटर) : भारतसग सीमाना जोडिएको भु–भाग । कुल भु–भागको ४ प्रतिशत । 

भावर प्रदेश (२००–३०० मिटर): चारकोसे झाडी र महेन्द्र राजमार्ग यसै श्रेणीमा पर्दछन् । यसले कुल भु–भागको ४.५ प्रतिशत भु–भाग ओगटेको छ । यो रोडा, ढुंगा, कंकड आदि खस्रो पदार्थबाट बनेको छ । यस क्षेत्र भएर बग्ने सानातिना खोलाहरु यहा लुप्त हुने र तराईको विभिन्न भागमा पुगेर देखिने गर्दछ । 

भित्री मधेश (३००–६०० मिटर) : चुरे पर्वतमालाको दक्षिणमा रहेको समथर भु–भागलाई भित्री मधेश वा दुनक्षेत्र भनिन्छ । भित्री मधेशले कुल भु–भागको ८.५ प्रतिशत भु–भाग ओगट्दछ । नेपालका भित्री मधेशका जिल्लाहरु उसिमचि सुदान (उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), दाङ, र सुर्खेत) हुन् । भित्री मधेशको सबैभन्दा पूर्वी भागमा रहेको जिल्ला उदयपुर हो भने सबैभन्दा पश्चिमको जिल्ला सुर्खेत हो र मध्य नेपालमा रहेको भित्री मधेशको जिल्ला चितवन हो । यस क्षेत्रको लम्बाइ ३२ किलोमिटर देखि ६४ कि.मि.सम्म र चौडाइ सरदर १६ किलोमिटर रहेको छ । 


Post a Comment

0 Comments