Subscribe Us

header ads

२०७२/२०१५–१६ का प्रमुख घटनाहरु:


बैशाख (२०७२/२०१५) महिनाका प्रमुख घटनाहरु: 

१ गते: काठमाडौंलाई प्लाष्टिक झोला निषेधित घोषणा । 

४ गते (अप्रिल १७): Global Conference on Cyber Space 2015  नेदरल्याण्डको हेगमा सम्पन्न ।

१९–२४ अप्रिल: इण्डोनेशियामा एफ्रो एशियाली सम्मलेलन सम्पन्न ।

१२ गते: गोरखाको बरपाकलाई केन्द्रविन्दु बनाई ७.६ रेक्टर स्केलको भुकम्पको धक्का । 

जेठ (२०७२/२०१५) महिनाका प्रमुख घटनाहरु: 

२०१५ मे २२: जलवायु परिवर्तनसम्बन्धी जापानको टोकियोमा एशिया प्रशान्त सम्मेलन सम्पन्न । 

२३ गते: कामदारलाई खाडी मुलुकमा फ्रि भिसामा पठाउने निर्णय (कार्यान्वयन २०७२ असार २१) । 

२५ गते: प्रमुख ४ राजनीतिक दलहरुबीच संविधानको अन्तरवस्तुमा सहमति भई १६ बुंदे सहमति ।

असार (२०७२/२०१५) महिनाका प्रमुख घटनाहरु: 

६ गते (२०१५ जुन २१): प्रथम अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न । 

१० गते (२०१५ जुन २५): पुनः निर्माणका लागि काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न । 

१६ गते (जुलाई १): नेपाल र काजकिस्तानबीच कूटनीतिक सम्झौता ।

साउन (२०७२/२०१५) महिनाका प्रमुख घटनाहरु: 

११ गते (२०१५ जुलाई २७): भारतका पूर्व राष्ट्रपति अव्दुल कलमको निधन र रुपन्देहीको भैरहवामा डिजास्टर रिकभरी सेन्टरको स्थापना ।

२७ गते: राष्ट्रिय युवापरिषद ऐन-२०७२ जारी । 

२० गते: नेपाल सरकारको २१ औं मुख्य सचिवमा डा. सोमलाल सुवेदी नियुक्त । 

२३ गते: सीमांकनसहित दलहरुबीच ६ प्रदेशमा सहमति । 

३२ गते (२०१५ अगष्ट १७): श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमसिंघ निर्वाचित । 

भदौ (२०७२/२०१५) महिनाका प्रमुख घटनाहरु: 

१ गते: बहुप्रतिक्षित बाह्र वर्षे गोदावरी सिंहस्थ मेला सुरु । 

४ गते: दलहरुबीच ७ प्रदेशमा सहमति र स्वामी प्रपन्नाचार्यको निधन ।  

७ गते (२०१५ अगष्ट २४): कैलालीको टीकापुरमा SSP सहित ७ सात प्रहरीको ज्यान जानेगरी झडप र नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन राख्ने सम्झौता ।

१३ गते: नेपाल साफ यु–१९ मा विजयी । 

१८ गते: विश्वकै होचो चन्द्र बहादुर डांगीको निधन र साेही दिन सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिमा प्रथम महिला उपकुलपतिको रुपमा प्रा.भूषण श्रेष्ठ नियुक्त । 

असोज (२०७२/२०१५) महिनाका प्रमुख घटनाहरु: 

१ गते: २६ वटा नगरपालिका थप गरी जम्मा २१७ वटा नगरपालिका बनाउने निर्णय ।

३ गते: नेपालको संविधान २०७२ जारी तथा लखन थापालाई प्रथम सहिद घोषणा (वि.सं. १९३३ फागुन २ गते मारिएका)

७ गते: विदेशी लगानी नीति सार्वजनिक । 

१५ गते (२०१५ अक्टोबर २): जमैकासंग नेपालको कुटनैतिक सम्झौता । 

२४ गते: नेपालको ३८ औं तथा गणतन्त्र नेपालको छैटौं प्रधानमन्त्रीमा नेकपा एमाले अध्यक्ष ओली निर्वाचित । 

३० गते: दोस्रो कार्यकालका लागि पुनः NRN को अध्यक्षमा सातौं महाधिवेशनबाट शेष घले निर्वाचित ।

२८ गते: म्याच फिक्सिङ गरेको आरोपमा चार जना राष्ट्रिय फुटबल टिमका खेलाडीलाई पक्राउ ।

२९ गते: नेपालकै पहिलो महिला सभामुखमा ओन्सरी घर्ती निर्वाचित र युवा नीति २०७२ कार्यान्वयन ।

कार्तिक (२०७२/२०१५) महिनाका प्रमुख घटनाहरु: 

११ गते (२०१५ अक्टोबर २८): गणतन्त्र नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपतिमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित र चिनियां आयल कर्पोरेशनसंग समझदारीपत्र MOU मा हस्ताक्षर ।

१५ गते: नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित । 

१८ गते: राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पूर्व गभर्नर डा.युवराज खतिवडा नियुक्त ।

२० गते: प्रसिद्ध फुटबल खेलाडी बेकह्यामको नेपाल भ्रमण । 

२७ गते (२०१५ नोभेम्बर १३): १२८ जनाको ज्यान जानेगरी पेरिसमा चरमपंथी लडाकु आइएसद्वारा आक्रमण ।

मंसिर (२०७२/२०१५) महिनाका प्रमुख घटनाहरु: 

८ गते (नोभेम्वर २४): अन्तर्राष्ट्रिय नागरिक उडड्यानको प्रावधानअनुसार पुराना र हस्तलिखित राहदानी नचल्ने । 

१० गते: राष्ट्रिय क्रिकेटका प्रशिक्षक पुबुदु दसनायकेको विदाइ हाल अमेरिकाको क्रिकेटको कोचमा नियुक्त ।

१३ गते: विकासको लागि नेपाल ओलम्पिक कमिटि (आइओसी) र गैह्रआवासीय नेपाली संघ (एनआरएन) बीच सम्झौतापत्रमा हस्ताक्षर,

१४ गते: सवारी चालक अनुमतिपत्रमा स्मार्टकार्डको व्यवस्था,

२०१५ Nov ३०- Dec ११: जलवायु परिवर्तनसम्बन्धी ‘कोप–२१’ (विश्वव्यापी तापक्रम १.५ डिग्री भन्दा बढी हुन नदिने)  फ्रान्सको पेरिसमा सम्पन्न, (सबै देशले अर्को वर्ष अप्रिल २२ मा जलवायु परिवर्तन सम्झौतामा औपचारिक हस्ताक्षर गर्ने, सन् २०२० सम्ममा हरित गृह ग्यास र त्यसको स्रोतका बीच सन्तलुनमा ल्याइने)

१६ गते: नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात, 

मंसिर १६: Bank of the Year-2015 बाट स्टाण्डर्ट चार्टड बैंक सम्मानित (स्टाण्डर्ट चार्डट बैंकले पाएको यो पुरस्कार चौथापटक हो । यसअघि यो बैंकले सन् २००२, ०९ र १३ मा पाएको थियो)

मंसिर २०: काठमाडौं महानगरपालिकामा विद्युतीय नक्सा पास गराउने प्रणालीको सुरुवात, (२०७० भदौदेखि परीक्षणमा रहेको थियो)

मङसिर २२: संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा डा. अयोधि प्रसाद यादव नियुक्त । 

मङ्सिर २६ (२०१५ डिसेम्बर १२): साउदी अरबमा सर्वप्रथम महिलालाई मताधिकार प्रदान ।

मंसिर २७ गते: भक्तपुरलाई अनौपचारिक शिक्षा केन्द्रले २० औं साक्षर जिल्लाको रुपमा कहिले घोषणा ।

पौष (२०७२/२०१५–१६) महिनाका प्रमुख घटनाहरु:

पुस १ गते: लामोे समय ओझेलमा परेको पुनः निर्माण प्राधिकरण सम्बान्धी विधयेक व्यवस्थापिका संसदबाट पारित,

पौष ४ गते (१९ डिसेम्बर २०१५): चीनको सान्यामा भएको ६५ औं मिस वल्र्डको उपाधी जित्ने युवती स्पेनकी मेरिया लालागुना रोयो  हुन् ।

पुष ६ गते (२१ डिसेम्बर २०१५): अमेरिकाको लसभेगसमा सम्पन्न मिस युनिभर्स २०१५ को उपाधि जित्ने युवती फिलिपिन्सकी पिया अलोन्सो हुन् ।(यही प्रतियोगितामा उद्घोषकले अर्कैलाई विजेता घोषणा गरेर विवाद भएको थियो)

पुस ६ गते: राजधानीमा सम्पन्न एलजी सातौं डी सिने अवार्डमा सर्वोत्कृष्ट चलचित्रको उपाधी नोभेम्बर रेन चलचित्रले प्राप्त गर्न सफल,

२०१६ जनवरी ७: संयुक्त राष्ट्रसंघका उपमहासचिव जेफ्रि फेल्टम्यानले नेपालको ३ दिने भ्रमण, 

माघ (२०७२/२०१६) महिनाका प्रमुख घटनाहरु: 

माघ २: पुनःनिर्माण महाभियान सुरु, 

माघ २ (सन् २०१६ जनवरी १६): एशियाली पूर्वाधार लगानी बैंकको उद्घाटन  (एशियासहित ५७ सदस्य राष्ट्र संस्थापक)

माघ १० गते: पशुपति क्षेत्रमा विद्युतीय शवदह गृह सञ्चालन, 

माघ १६ गते: आहा रारा गोल्डकप प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लव विजयी, 

माघ २६ गते: पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको निधन,

फागुन (२०७२/२०१६) महिनाका प्रमुख घटनाहरु: 

फागुन ७ गते: प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण,  

फागुन १२ गते: पोखोराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज म्याग्दीको दानामा दुर्घटना,

फागुन १४ गते: नेपालगञ्जबाट जुम्लाको लागि उडेको काष्ठमण्डपको ट्विनअटर जहाज कालीकोटको चिलखायामा दुर्घटना,  

२०१६ फेब्रुवरी १६: संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव घालीको निधन,

चैत (२०७२/२०१६) महिनाका प्रमुख घटनाहरु: 

२५ गते: नेपाल सरकारको स्वास्थ्य वीमा कार्यक्रम सुरु । 



Post a Comment

0 Comments