Subscribe Us

header ads

नेपालको पूँजी बजार विकासमा संलग्न निकाय र तिनको भूमिका


एक वर्षभन्दा बढी पुँजीको माग र आपूर्ति हुने बजार पुँजीबजार हो । यो मुलुकको वित्तीय शक्ति मापन गर्ने एक औजार हो । यसले छरिएर रहेको स–साना रकमलाई परिचालन गरेर पुँजी निर्माण गर्न महìवपूर्ण भूमिका निर्वाह गर्दछ । नेपालमा पुँजीबजारको विकासका लागि धितोपत्रसम्बन्धी ऐन, २०६३ र यसअन्तर्गतका विभिन्न नियमावली, वस्तुबजार विनिमयसम्बन्धी ऐन, २०७४ र नियमावली, २०७४ लगायतका कानुनी व्यवस्था गरिएको छ । नेपालको पुँजीबजारको विकासमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, वस्तु विनिमय बजार, सेयर व्यवसायीलगायत संस्थागत र व्यक्तिगत सर्वसाधारण लगानीकर्ताको संलग्नता हुने गर्दछ । पुँजीबजारको विकासमा यिनीहरूको भूमिका निम्नअनुसारको हुनुपर्दछ :

अर्थ मन्त्रालयको भूमिका:

नेपालको समग्र अर्थतन्त्रको नीति निर्माणको नेतृत्वकर्ता अर्थ मन्त्रालय हो । यसको पुँजीबजारको विकासमा बहुआयामिक भूमिका हुन्छ, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
  • धितोपत्रसम्बन्धी ऐन नियमको परिमार्जन गर्ने,
  • नेपाल धितोपत्र बोर्डको संस्थागत क्षमता बढाउने,
  • मुलुकमा लगानीमैत्री वातावरण तयार गरी विदेशी लगानीकर्तालाई आकर्षित गर्ने,
  • नीतिगत स्थायित्वको सुनिश्चितता प्रदान गर्ने,
  • सेयर बजारको अस्वाभाविक मूल्य बढ्न घट्न नदिने वातावरण तयार गर्ने,
  • नयाँ स्टक एक्सचेन्ज स्थापना गर्ने,
  • वस्तु विनिमय बजार सुरु गर्ने,
  • नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जमा व्यावसायिक नेतृत्व छनोट गर्ने ।

नेपाल राष्ट्र बैङ्कको भूमिका

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत मुलुकको वित्तीय प्रणालीको विकास र स्थायित्व कायम गर्न ठूलो भूमिका निर्वाह गर्दछ । यसले ब्याजदर, विनिमय दर, मुद्रास्फीति दरमा स्थिरता ल्याउने, लचिलो र कसिलो मौद्रिक नीतिमार्फत बजारमा मुद्रा प्रदायमा सन्तुलन ल्याउने गर्दछ । पुँजीबजारमा यसको भूमिका निम्नअनुसार हुनुपर्दछ:
  • सेयर बजारमा लगानीका लागि अनुकूल वातावरण तयार गर्ने,
  • सेयर बजारमा कर्जा प्रवाह बढाउने,
  • कर्जा प्रवाहलाई सरल र पारदर्शी बनाउने,
  • बैङ्क तथा वित्तीय संस्थाको सुदृढीकरण गर्ने,
  • एकआपसमा गाभिने नीतिलाई प्रभावकारी बनाई वित्तीय संस्थाको वित्तीय आधार बलियो बनाउने,
  • उत्पादनमूलक कम्पनीलाई सेयर बजारमा प्रवेश गराउन सहयोग गर्ने,
  • वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने,
  • स्थानीय तहका वार्ड तहसम्म बैङ्क तथा वित्तीय संस्थाको शाखा विस्तार गरी वित्तीय पहुँच अभिवृद्धि गर्ने,
  • पँुजीबजारमा लगानीको वातावरण निर्माणमा सहयोग गर्ने ।

नेपाल धितोपत्र बोर्डको भूमिका

नेपाल धितोपत्र बोर्ड पुँजीबजारको नियमन र सुपरिवेक्षण गर्ने निकाय हो । त्यसैले पुँजीबजारको विकासमा यसको ठूलो भूमिका हुन्छ, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ:
  • सेयर बजारको नियमन र सुपरिवेक्षणका लागि मापदण्ड तयार गर्ने,
  • कार्यस्थल र गैरकार्यस्थल अनुगमन गर्ने, जोखिमका आधारमा निरीक्षण गर्ने,
  • सेयर बजार उतारचढाव हुन नदिने,
  • सूचीकृत कम्पनी, लगानीकर्ता एवं सेयर व्यवसायीबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण तयार गर्ने,
  • संस्थागत सुशासन कायम गर्न जोड दिने,
  • पुँजीबजार विकासमा विभिन्न मापदण्ड तय गरी लागू गर्ने,
  • वस्तु विनिमय बजारका लागि पूर्वाधारयुक्त कम्पनीलाई अनुमति प्रदान गरी वस्तु विनिमय कारोबार बढाउने,
  • उपत्यकाबाहिर स्टक एक्सचेन्ज स्थापना गर्न पहल गर्ने,
  • गोप्य रूपमा गरिने सेयर बजारको भित्री कारोबारलाई कडाइपूर्वक नियन्त्रण गर्ने,
  • संस्थागत लगानीकर्तालाई सेयर बजारमा प्रोत्साहनको व्यवस्था गर्ने ।

नेपाल स्टक एक्सचेन्जको भूमिका

नेपाल स्टक एक्सचेन्ज सेयरको दोस्रो बजारको कारोबार गराउने एक मात्र निकाय हो । पुँँजीबजारमा यसको भूमिका निम्नअनुसार हुनुपर्दछ ः
  • सूचीकृत कम्पनीको सङ्ख्या बढाउने,
  • सूचीकृत कम्पनीमा उत्पादनमूलक क्षेत्रका कम्पनीको
  • सङ्ख्या बढाउने,
  • सेयर व्यवसायीको सङ्ख्या बढाउँदै यिनीहरूबीच स्वच्छ प्रतिस्पर्धाको विकास गर्ने,
  • उपत्यकाबाहिर सेयर व्यवसायीको उपस्थिति बढाउने,
  • सेयर बजारको यथार्थ सूचना सम्प्रेषण गर्ने,
  • नयाँ प्रविधिको प्रयोग बढाउने,
  • बैदेशिक रणनीतिक साझेदारको संलग्नता बढाई संस्थाग सुधार गर्ने ।

वस्तु विनिमय बजारको भूमिका

  • आवश्यक पूर्वाधार तयार गरी वस्तु विनिमय बजारको कारोबार सुरु गर्ने,
  • वस्तुको कारोबार मूल्य स्थानीय बजार मूल्यसँग सामञ्जस्यता कायम गर्ने,
  • वस्तु कारोबारमा पारदर्शिता, स्वच्छता कायम गर्ने ।

सेयर व्यवसायीको भूमिका

  • देशव्यापी सञ्जाल विस्तार गर्ने,
  • अनलाइन सेयर खरिद बिक्रीको प्रवद्र्धन गर्ने,
  • सेयरको खरिद बिक्रीमा स्वच्छता कायम गर्ने,
  • वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने,
  • प्रतिस्पर्धामार्फत सेयर बजारको विकासमा सहयोग गर्ने,

लगानीकर्ताको भूमिका

  • आफूले लगानी गर्ने कम्पनीको जोखिम विश्लेषण गरेर लगानी गर्ने,
  • सेयर उतारचढावको अवस्था बुझेर लगानी गर्ने,
  • संस्थागत लगानीमा जोड दिने,
  • आफूले लगानी गरेको कम्पनीको वित्तीय अवस्था बुझिरहने, कम्पनीका गतिविधिमा नियमित सहभागिता जनाउने,
  • पुँजीबजारबारे जनचेतना विस्तारमा सहयोग गर्ने,
अन्त्यमा, पुँजीबजार दीर्घकालीन पुँजी निर्माण एवं परिचालन गर्ने स्रोत भएकाले यसको स्वच्छता, प्रतिस्पर्धा एवं विकास हुन आवश्यक छ । यसका लागि यसमा सम्बद्ध निकायले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

Post a Comment

0 Comments