असार २७, २०७८
विश्व नम्बर १ सर्बियाली खेलाडी नोभाक जोकोभिचले आइतबार २०औं ग्रान्डस्लाम उपाधि जितेका छन् । यसक्रममा उनले सर्वाधिक ग्रान्डस्लाम जित्ने कीर्तिमानका लागि रोजर फेडेरर र राफेल नाडालको बराबरी गरेका छन् ।
यस उपलब्धिपछि जोकिोभिच सर्वकालीन महान टेनिस खेलाडीको सूचीमा पनि परेका छन् । उनले १५ हजार दर्शकअगाडि अल इंग्ल्यान्ड क्लबमा भएको फाइनलमा एक सेटले पछाडि रहेको स्थितिमा यो उत्कृष्ट जित निकालेका हुन् ।
पहिलो सेट गुमाएपछि जोकोभिचले शानदार खेल प्रदर्शन गरेका थिए । जोकोभिचले ६ पल्ट विम्बल्डन जितेसँगै ९ पल्ट अस्ट्रेलियन ओपन, २ पल्ट फ्रेन्च ओपन र ३ पल्ट यूएस ओपन जितेका छन् ।

0 Comments