२०७८ असार २० (०४ जुलाइ २०२१):
फिलिपिन्समा आइतबार भएको सैन्य विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । दुर्घटनामा ४९ सैनिक घाइते भएको बीबीसीले जनाएको छ ।
आइतबार सुलु प्रान्तको जोलो द्वीपमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा मृत्यु हुनेहरुमा अधिकांश सैनिक भएको बताइएको छ । लकहिड सी-१३० विमानमा ९६ जना यात्रु सवार थिए । फिलिपिन्सको रक्षा मन्त्रालयका अनुसार जमिनमा रहेका ३ जना सर्वसाधारणको पनि दुर्घटनामा मृत्यु भएको छ ।
बीबीसीका अनुसार चरमपन्थी अबु सैय्यफमाथि कारबाहीका लागि उक्त सैन्य विमानमा सैनिक पठाइएको थियो । सुरुमा ५ जना हराइरहेको बताइए पनि उनीहरूको उद्धार भएको छ ।


0 Comments