Subscribe Us

header ads

१४ औं साग २०२३ को मार्चमा पाकिस्तानमा हुने

असार २८, २०७८

 


१४‍ औं दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानको लहोरमा सन् २०२३ को मार्चमा हुने भएको छ । दक्षिण एसियाली काउन्सिलको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

भर्च्युअल बैठकमा नेपालका तर्फबाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले भाग लिएका थिए । त्यसमा २७ खेल समावेश हुनेछ, त्यसमध्ये दुई खेल आयोजकको रोजाइ अनुसार हुनेछ ।

यी सबै खेलमा पुरुष र महिला दुवैको प्रतिस्पर्धा हुनेछ । यस्तै प्रतियोगिताको उद्घाटन र समापनसँगै अधिकांस खेल लहोरमा हुनेछन् भने केही खेल इस्लामावाद, फैसलावाद, गुजरवाला र सियालकोटमा हुनेछन् ।

Post a Comment

0 Comments