Subscribe Us

header ads

KUKL मा नयाँ अध्यक्ष नियुक्त

२०७७ माघ २७: त्रिरेशप्रसाद खत्री काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUKL) को अध्यक्षमा चयन हुनुभएको छ । 

KUKL बोर्डको बैठकले खत्रीलाई अध्यक्ष नियुक्त गरेको हो । नेपाल सरकारको सह–सचिवसमेत रहेका खत्री मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख हुन् । 

यसअघि उनले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनका प्रमुखको रुपमा समेत कार्य गरेका थिए । 

नेपाल सरकार, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र उपत्यका १६ वटै नगरपालिका केयूकेएलको शेयर सदस्य रहेका छन् ।

Post a Comment

0 Comments