बैशाख २६ः ७२ वटा नया नगरपालिका थप ।
जेठ ८ः साढे २१ अर्व रुपैयामा पोखरामा क्षेत्रीय विमानस्थल बनाउन चिनिया कम्पनी चाइना CAMC Engineering लाई दिने सम्झौता ।
जेठ ३१ः म्यान्मरकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको नेपाल भ्रमण । (१४ जुन २०१४)
असार १ः मेची महाकाली विद्युतीय रेलमार्गको शिलन्यास ।
असार ९ः ललितपुर जिल्लालाई नेपालको पहिलो साक्षर जिल्ला घोषणा ।
असार २४ः नवौं महाधिवेशनबाट एमाले नेता ओली अध्यक्ष्मा निर्वाचित ।
साउन १७ः सिन्धुपाल्चोकको जुरेमा पहिरो ।
साउन १८-१९ः भारतीय प्र.म. नरेन्द्र दामोदार मोदीको नेपाल भ्रमण र १ खर्व सहयोगको घोषणा ।
भदौ १९ (४ सेप्टेम्बर २०१४): नेपाल र भारतबीच विद्युत सम्झौता PTA (Power Trade Agreement) प्रारम्भिक हस्ताक्षर ।
असोज ३ः १९ सेप्टेम्बर २०१४ मा नेपाल भारतबीच PDA (Power Development Agreement) सम्झौता ।
असोज ६ः गोरखा फुजेलका नन्द प्रसाद अधिकारीको अनसनमै निधन ।
असोज ७ः नेपाल भारतबीच पञ्चेश्वर प्रधिकरणको विधानमा हस्ताक्षर र सहना प्रधानको निधन ।
असोज १३ः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू ।
असोज २९ः हुदहुद आंधीको प्रभावमा परि मनाङ र मुस्ताङमा ३२ जनाको मृत्यु ।
कार्तिक ८ः अष्ट्रेलियामा नेपाली डा. कुमुद धिताललाई मुटु प्रत्यारोपणमा सफलता ।
कार्तिक २५-२६ः प्रथम नेपाल पूर्वधार सम्मेलन ।
मंसिर १०-११ (२६-२७ नोभेम्वर २०१४): काठमाडौंमा सार्कको १८ औं शिखर सम्मेलन । ३६ बुंदे घोषणापत्र जारी ।
पुष ४–६ः १९ Dec मा सन २०१४ को नोवेल पुरस्कार विजेता कैलाश शत्यार्थीको नेपाल भ्रमण ।
माघ १ः गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलन्यास ।
फागुन २०-२३ः काठमाडौंको त्रिभुवन विमानस्थलमा टर्किस विमान दुर्घटनाग्रस्त ।
चैत ६ (२० मार्च २०१५): मा 'ह्यारी पोर्टर'की चर्चित लेखिका J.K. Rowling को नेपाल भ्रमण ।
चैत ११ः लोकसेवा आयोगको अध्यक्षमा उमेश मैनाली नियुक्त ।


0 Comments