Subscribe Us

header ads

शासनको अर्थ तथा परिचय

   


राज्य सञ्चालन गर्ने प्रणाली वा पद्धतिलाई शासन भनिन्छ । अर्को अर्थमा शक्ति र नीति प्रबन्धको गतिशील प्रक्रिया नै शासन हो । परम्परागत वा संकुचित अर्थमा शासनले राज्य सञ्चालन गर्ने औपचारिक क्रियाकलापलाई मात्र बुझाउ“दछ । व्यापक अर्थमा शासनले औपचारिक शासनको अतिरिक्त  (अस स्थापना विकस) अनौपचारिक, सहभागितामूलक, स्थानीय स्वायत्त शासन, परियोजना शासन, नागरिक समाजको शासन, विश्वव्यापी शासन, कर्पोरेट व्यवस्थापन र सहकारीमूलक शासन लगायतका विभिन्न स्वरुपहरुलाई जनाउ“दछ ।  

राष्ट्रलाई आधिकारिक रुपमा निर्देशित र नियन्त्रित गर्ने प्रक्रिया एवम् पद्धति नै शासन हो । यो एक परम्परा वा संस्था हो जसले देशको सार्वभौम अधिकारको प्रयोग गरेको हुन्छ । यो राष्ट्रका सम्पूर्ण राजनीतिक, आर्थिक तथा प्रशासनिक अधिकार एवम् शक्तिहरुको अभ्यास हो । 

सारंशमा भन्नुपर्दा, परम्परागत रुपमा शासनले नियन्त्रणमा राख्नु र निर्देशित गर्नु भन्ने बुझिन्थ्यो तर आधुनिक अवधारणा अनुसार यसले जनताको मताधिकारबाट निर्वाचित प्रतिनिधिहरुले नागरिक सरोकार एवम् राज्यको हित प्रवद्र्धन गर्ने कार्यलाई जनाउ“दछ । 


Post a Comment

0 Comments