नेपालको भौगोलिक विशेषताहरु (Geographical Features):
नेपालको भौगोलिक विशेषताहरुलाई निम्न लिखित बुदामा उल्लेख गरिएको छ :
- नेपाल एक भू–परिवेष्ठित मुलुक हो । उत्तरमा चीन र पूर्व, दक्षिण र पश्चिममा भारत दुई विशाल देशको बीचमा यो अवस्थित छ ।
- न्यूनतम चौडाइ (औषत १९३ कि.मि.) र लम्बाइ (८८५ कि.मि.) भित्र अधिकतम उचाइ (५९ मिटरदेखि ८,८४८ मिटरसम्म) विद्यमान हुनु नेपालको महत्वपूर्ण धरातलीय विशेषता हो ।
- विश्वको सर्वाधिक गहिरो गल्छी (काली गण्डकी) गहिरो उपत्यका (अरुण उपत्यका) सर्वाधिक उचाइमा रहेको तिलिचो ताल र सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्दछन् ।
- नेपालमा धरातलीय रुपमा तराई प्रदेश, पहाडी प्रदेश र हिमाली प्रदेश गरी ३ विशिष्ट प्रदेशहरु रहेका छन् ।
- जैविक विविधताको हिसाबले नेपालको घनत्व उच्च रहेको छ ।
- धरातलीय विविधता अनुसार नेपालमा विषम र विविधतापूर्ण हावापानी पाइन्छन् ।


0 Comments