Subscribe Us

header ads

विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त

२०७७ माघ २६ः नेपाल सरकार मन्त्रिपरिषदले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेका छन् । 

उनलाई यसअघि कात्तिक २१ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । उनी प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङमा काजमा खटिएका थिए । 

उनलाई काजबाट प्राधिकरणमा फिर्ता बोलाएर निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । पछिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर २०७७ भदौ ३१ गते प्राधिकरणबाट बिदा भएका थिए ।

Post a Comment

0 Comments